सुरु भयो बजारमा तिहारको चहलपहल

81
  •  
  •  
  •  

10698549_545673448899131_1232141607412911116_nकाठमाडौं, ३ कात्तिक (ओएनएस) : मंगलवारदेखि यमपञ्चक सुरु हुँदै छ । यससँगै बजारमा तिहारको चहलपहल बढ्न थालेको छ ।

काठमाडौंका असन,इन्द्रचोक,महाबौंद्वलगायत स्थानमा उपभोक्ता र व्यापारीको भीड लागेकोे छ । उपभोक्ताहरु तिहारका लागि आवश्यक भाइमसला,माला तथा ढाका टोपीलगायतको जोहो गर्न थालेका छन् । यससँगै यस्ता सामग्रीको मूल्य र व्यापार दुवै बढेको व्यवसायीहरु बताउँछन् ।

तिहार मसलामा प्रयोग हुने अधिकांश सामग्रीको मूल्य बढेको नेपाल खुद्रा व्यापार संघका सचिव शिद्वी गोर्खाली श्रेष्ठले बताए । अहिले नरिवल, किसमिस, ओखरलगायतको मूल्यमा बढेको छ ।

नरिवलको मूल्य प्रतिकेजी ४ सय ५० पुगेको छ । गत बर्ष प्रति केजी १ सय ७० थियो । त्यस्तै ओखरको मूल्य ५ सय ६० पुगेको छ । यो गतबर्षको तुलनामा १ सयले बढी हो । काजु, किसमिस तथा ल्वाङको मूल्यमा पनि बृद्वि भएको छ ।

यस्ता सामग्रीहरु भारत,श्रीलंका क्यानडा तथा अन्य तेस्रो मूलुकबाट आयात गरिने उनले जानकारी दिए । ‘भाइमसलामा प्रयोग गरिने चक्का मिश्री र अलैचीमात्र नेपालमा उत्पादन हुन्छ’ उनले भने ।

त्यस्तै ढाका टोपीको मूल्य १ सय सम्म बढेको व्यापारी सरु श्रेष्ठले बताइन् । अहिले ढाका टोपीको मूल्य २ सय देखि ९ सय सम्म पर्ने उनले जानकारी दिइन् । तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई ढाकाटोपी लगाइदिने चलन छ ।images (1)

त्यस्तै यसबर्ष फुलको मालाको मूलयमा पनि बृद्वि भएको छ । मालाको मूल्य १० देखि ३० रुपैयाँसम्म बृद्वि भएको नेपाल फ्लोरीकल्चर एशोसियसनले जानकारी दिएको छ ।

आन्तरिक उत्पादनमा कमी आएको र भारतमा  हुदहुद प्रभावले मालाको मूल्य बढेको सम्वन्धित व्यवसायीहरु बताउँछन् । नेपालमा अधिकांश माला भारतबाट आयात गरिने उनीहरुले जानकारी दिए । भारतबाट आयात गरिएका माल आकर्षक हुने भएकोले माग बढी हुने व्यवसायी नवराज मगर बताउँछन् ।

उनका अनुसार नेपालमा बनेको मालाको मूल्य ३० देखि ७० रुपैँया पर्छ भने आयताति मालाको मूल्य ६० रुपैयाँ पर्छ । तिहारमा १० लाखसम्मको माला खपत हुने व्यवसायीहरु बताउँछन् । त्यसमध्ये काठमाडौंमा मात्र ६ लाख माला खपत हुन्छ ।
तिहारमा दैनिक ५० हजार रुपैयाँसम्मको कारोवार हुने उनले बताए । त्यसैगरी माटोको दियो तथा सप्तरंगी टिकाको व्यवसाय पनि बढेको छ । माटोको दियोको मूल्य ८० देखि ४ सय रुपैयाँसम्म पर्छ ।10174964_545673482232461_1949691055881409902_n


  •  
  •  
  •