तिहारको दोस्रो दिन, आज कुकुर तिहार

142
  •  
  •  
  •  

काठमाडौँ, २४ कात्तिक(ओएनएस) : हिन्दुहरूको दोस्रो महान् चाड तिहारको दोस्रो दिन आज, कुकुर तिहार, घरघरमा कुकुरको पूजा गरी मनाइन्छ । कुकुरको पूजा गरेर मिठामिठा खानेकुरा दिने र फूलको माला तथा टिका लगाइदिने गरिन्छ ।

यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा पनि लिइन्छ ।

घरमा कुकुर पाल्नाले मुटुको रोग र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन बिहानै तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ । यसोगरेमा चिसो शरीरभित्र पस्दैन भन्ने वैज्ञानिक मत रहेको छ ।


  •  
  •  
  •