‘अनुमति भित्र उत्सव’

355
  •  
  •  
  •  

काठमाडौं ६ कात्तिक (ओएनएस) : ‘शक्ति छ भन्दैमा जनताको मौलिक खोस्न त भएन नि , नालायक सरकार’ । चितवनका सन्देश अधिकारी आफ्नो फेसबुकमा लेख्छन् ‘तिहार मनाउन र खुसी लिन पनि सरकारको अनुमति लिनुपर्ने भयो ।’ त्यस्तै तिहारको किनमेल गर्न काठमाडौं आएका धादिङका कमल गौतम दिपावलीमा उत्सव वत्ति बाल्न नदिने प्राधिकरणको निणर्य अपरिपक्क भएको बताए । ‘ चाडपर्वमा नियमन गर्न खोज्नु त राम्रा हो तर तिहारमा उत्सव वत्ति बालेमा विद्युत कटौती गर्ने धम्की दिएर सरकारले गैरजिम्मेवारीपन देखाएको छ ’ उनले भने ।

प्राधिकरणको सो निर्देशनले उपभोक्ताका साथै व्यवसायमा समेत नकारात्मक प्रभाव पारेका नेपाल विद्युत व्यवसायी महासंघ संस्थापक अध्यक्ष गोविन्दप्रसाद कंडेलले बताए । ‘प्राधिकरणको गुन्डागर्दी शैलीको सो उर्दीले उर्दीले नेपालीको चाडपर्व मनाउन पाउने अधिकारलाई कुण्ठित गर्नुका साथ व्यापारमा नकारात्मक असर परेको छ’ उनले भने । त्यस्तै उपभोक्तामा अन्योलता सिर्जना गरेको उनले जानकारी दिए ।

indien-diwali-pushkar1-big
महासंघका निवर्तमान अध्यक्ष रामबहादुर श्रेष्ठले भारत सरकारले दिपावली आउनु भन्दा दुइ महिना अघि कम विजुली खपत गर्न अनुरोध गरेको उदाहरण दिदै प्राधिकरणले तिहार आउनुभन्दा दुई दिन अगाडी उत्सव वत्ति नवाल्न धम्की सहितको विज्ञप्ति निकालेकोमा आक्रोस पोखे । ‘सरकारले सोझा जनतालाई जर्वजस्ती लादेको छ’ उनले भने । सरकार आफ्नो असक्षमताको प्रहार जनतामा गरेको उनको आरोप छ ।

तिहारमा उद्योग कलकारखाना बन्द हुने भएकोले यस्तो समयमा समयमा उत्सव बत्ति नै नवाल्न निर्देशन दिनु अनुचित भएको उनको भनाई छ । उनका अनुसार विगतका बर्षको तुलनामा यस बर्ष उत्सव बत्तिको व्यवसाय घट्ने उनी बताउँछन् । जुरेमा गएको पहिरोले गर्दा पनि वत्ति भन्सारमा रोकिएको उनले बताए । ‘त्यसमा पनि प्राधिकरणको उर्दीले व्यवसाय घट्ने सम्भावना छ । तिहारमा बार्षिक १२ करोडको उत्सव वत्ति विक्री हुदै आएको महासंघको तथ्यांक छ ।


  •  
  •  
  •