तिहारको दोस्रो दिन आज कुकुरको पुजा गरिँदै

229
  •  
  •  
  •  

काठमाडौं ५ कात्तिक (ओएनएस) : आज तिहार पर्वअन्तर्गत यमपन्चकको दोस्रो दिन, कुकुरतिहार पर्व मनाइँदै छ । यमपन्चकभरि भगवान् विष्णुको वरदान पाएर बलि राजाले तीनै लोकमा शासन गर्ने हुनाले यस अवधिभर यमराजका साथै यमदूत तथा यमराजका सहायक अनुचरले समेत पूजा र सम्मान पाउने धार्मिक एवम् पौराणिक मान्यताअनुरुप आज यमराजको द्वारपाल मानिएको कुकुरलाई पूजा गर्ने र मीठो खानेकुरा खुवाउने गरिन्छ । कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ ।

पौराणिक मान्यताअनुसार मृत्युको अन्धकारमा जीवात्माले बाटो बिराएर भट्किनु नपरोस् भन्ने हेतुले दिवङ्गत व्यक्तिका नाममा नदी, खोला, धारा वा नजिकको जलाशयमा सालको पातको टपरीमा दीपमालिका सजाएर तेल र जलले स्नान गरी दीप प्रवाह गर्ने चलनअनुसार आज बिहान नअस्ताउँदै जलमा दीप प्रवाह गर्र्ने गरिन्छ ।


  •  
  •  
  •