रुपन्देही, २६ मंसिर (ओएनएस) : पश्चिम तराईमा क्रियाशील एक भूमिगत समूह सरकारलाई आफ्ना हतियार बुझाउन सहमत भएको छ । तराई मधेशी टाईगर्स पार्टी र संबैधानिक राजनीतिक सबांद तथा सहमति समिति मा
तहतको वार्ता उप समितिवीच आज भैरहवामा भएको सहमतिपछि टाइगर्स पार्टीले हतियार बुझाउन तयार भएको हो । काङ्ग्रेस नेता तथा सभासद आनन्दप्रसाद ढुङनाको संयोजकत्वमा बसेको बार्तामा चार बुदे सहमति भएको हो ।
पार्टीले हालसम्म प्रयोग गर्दै आएको सम्पूर्ण हातहतियार आगामी पुस २० गतेसम्म सरकारलाई बुझाई सक्ने, हतियारको राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा प्रबेश गर्ने, जेलमा रहेका टाइगर्स पार्टीका ४० जना नेता तथा कार्यकर्तालाई रिहा गर्नका लागि सरकारसंग पहल गर्ने लगाएका सहमति भएका छन् ।
आफूहरुसंग मोवाईल बम, प्रेसर कुकर बम लगाएत बिभिन्न प्रकारका १ सय ३० थान हतियार रहेको र चाँडै सरकारलाई बुझाइने पार्टीका वार्ता टोली संयोजक जयप्रकास यादवले जानकारी दिनुभयो ।
संबिधान निमार्णमा सहयोग पु¥याउने र आफ्ना साथीहरुको रिहाईका लागि आफूहरु हतियार बुझाउन तयार रहेको उहाँले बताउनुभयो । बार्ता समितिले अहिले सम्म बिभिन्न २१ सशस्त्र समूहसँग बार्ता गरेको र ९ समूहले हतियार बुझाई सकेको वार्ता उपसमिति संयोजक आनन्दप्रसाद ढुंगानालोनकारी दिनुभयो ।