घरमा दिउँसै चितुवा पसेपछि…

279
  •  
  •  
  •  

राजधानीको नयाँ बानेश्वर क्षेत्रमा बिहानै झुल्किएको एक चितुवाका कारण स्थानीय आतंकित भएका छन्।
बिहान जनता बैंक परिसरमा देखिएको चितुवा केही बेरपछि नजिकै रहेको संखमूलस्थित स्थानीय हेमराज भण्डारीको घरमा पसेको थियो। घरभित्रको ट्वाइलेटमा लुकेर बसेको चितुवालाई नियन्त्रणमा लिइएको छ। चितुवा पसेपछि भण्डारी परिवार र छिमेकीसमेत भागभाग चलेको थियो। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी र चिडियाखानाका कर्मचारीले चितुवालाई नियन्त्रणमा लिएको जानकारी महानगरी प्रहरी वृत्त बानेश्वरका प्रमुख नायव उपरीक्षक दानबहादुर कार्कीले दिए। लामो संघर्षपछि चितुवालाई समाइएको छ ।

पोथी चितुवालाई हेर्न बानेश्वरमा सयौं स्थानीयको ठूलो भीड लागेको थियो ।

-अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •