चिडियाखानाभित्रै बाघले यसरी खायो मानिस…(भिडियोसहित)

132
  •  
  •  
  •  

youth-attack-by-tigerकाठमाडौ, ८ असोज (एजेन्सी) : दिल्लीको चिडियाखानामा मंगलबार एक दुखद घटनामा २७ वर्षका एक युवकको मृत्यु भएको छ । उक्त घटना निकै दर्दनाक थियो । मंगलबार दिँउसो लगभग डेढ बजे युवकमाथि सेतो बाघले हमला गरेको थियो । अचानक भएको उक्त हमलामा युवकलाई सम्हाल्ने मौका समेत मिलेन र उनको मृत्यु भयो । मृतकको नाम मकसूद हो ।

२७ वर्षीय मकसूद दिल्लीको आनन्द पर्वत क्षेत्रको गली नम्बर ११ मा एक फ्याक्ट्रीमा काम गर्ने गर्थे । मकसुद फ्याक्ट्री मालिकका अनुसार जयपुर बस्दै आएका थिए । मकसूदकी पत्नी केही दिन पहिले उसलाई छाडेर गएकी थिइन् । उनी दिल्लीको जखिरा क्षेत्रमा आफ्नो आमा-बाबुको साथमा एक भाँडामा लिइएको घरमा बस्दै आएका थिए । फ्याक्ट्री मालिक वरूण शर्माले मकसूद मानसिक रूपले विक्षिप्त थिए र तीन महिना पहिले नै काम छोडेका थिए । प्रत्यक्षदर्शीका अनुसार बाघलाई राखीएको चिडियाको बारको उचाई कम थियो ।

घुम्नका लागि आएका मकसूद बाघलाई नजिकबाट हेर्ने सूरमा निकै नजिक गए र बार नजिकै पुगेर उफ्रिएर हेर्ने क्रममा अचानक चिप्लिएर बाघ रहेको चिडियाभित्र खस्न पुगे । सेतो बाघले बारभित्र खसेका मकसूदको घाँटीको हमला गर्यो र उसको टाउकोबाट केही भाग खायो पनि। केही समयपछि उनको मृत्यु भएको थियो । जबसम्म उद्धारकर्मीहरू त्यहाँ पुगे मकसूदको मृत्यु भइसकेको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार युवकको ज्यान जोगाउनका लागि पर्याप्त सुरक्षाकर्मी र चिडियाखानाका कर्मचारी थिएनन्।

 


  •  
  •  
  •