कमलादेवीले हसियाले चितुवा मारिन्

395
  •  
  •  
  •  

काठमाडौं १४ भदौ ।
भारतको उत्तराखण्डकी एक महिला कमलादेवीले हसियाको मद्दतले आफूलाई आक्रमण गर्ने चितुवा मारेकी छिन्। खेतमा काम गर्न गएको बेला उनलाई चितुवाले आक्रमण गरेको थियो र सो चितुवालाई उनले हसियाले हानेरै मारेको बताएकि छिन्।

चितुवाले आक्रमण गरेपछि उनले हसिया प्रहार गरेकी थिइन् भने घाइते रुपमा रहेको चितुवा र उनी करिब एक घण्टासम्म लडेका थिए। कुनैबेला चितुवाले मलाई आक्रमण गथ्र्याे मैले हसिया प्रहार गर्थेँ भने कुनैबेला चितुवा भूईमा लडेपछि मैले उसलाई आक्रमण गर्दर्थेँ– अस्पतालमा उपचार गराइरहेकी उनले भनिन्। उत्तराखण्डकी बासिन्दा ५६ वर्षीया ती महिलाले बहादुरीका साथ लडेर चितुवा मारेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चितुवाले मलाई धेरैपटक आक्रमण गर्‍यो र हामी लामो समयसम्म एकले अर्काेलाई नियन्त्रणमा लिन ठूलो सङ्घर्ष गर्यौंल– भारतीय टेलिभिजनसँग कुरागर्दै उनले भनिन् । मैले खेतमा घाँस काट्नका लागि लगेको हसिया हातमा लिएँ र चितुवासँग लडेँ– उनले भनिन्। उनी सामान्य घाइते छिन् र सोमबारदेखि उपचारका लागि अस्पताल भर्ना भएकी छिन्।

उनीसँग भारतका कयौं सञ्चारमाध्यमले अन्तरवार्ता नै लिएका छन्। हिन्दुस्तान टाइम्स पत्रिकालाई उनले भनेकि छिन्– सुरुमा त चितुवाले आक्रमण गरेपछि निकै आतङ्कित भएँ र आक्रमण गर्न पनि सकिन तर पछि सम्झेँ मेरो हातमा हतियार भएपछि किन डराउने अनि हसियाले नै उसमाथि जाइलागेँ।

मेरो अन्तिम दिन आइसकेको छैन त्यसैले म मर्दिन भन्ने दृढताका साथ हसियाले नै आक्रमण गरेँ र उसमाथि जाइलागेँ– उनले भनिन्। भारतमा चितुवाको सङ्ख्या त धेरै छैन तर पनि त्यहाँका ग्रामीण क्षेत्रहरूमा यसको आक्रमण सामान्यजस्तो बनेको छ। सन् २०११ को गणनाअनुसार भारतमा चितुवाको सङ्ख्या एक हजार १५० रहेको छ। नागरिकबाट


  •  
  •  
  •