वैतडीमा चितुवाको आक्रमणवाट एक वालकको ज्यान गयो

204
  •  
  •  
  •  

बैतडी  ७ बैशाख (ओएनएस) :  वैतडीमा चितुवाको आक्रमणवाट एक वालकको ज्यान गएको छ । आइतवार साझ वैतडीको दक्षिण पश्चिम दुर्गम तल्लोस्वराड क्षेत्रमा पर्ने उदयदेव गाविस वडा नं ४ टा गाउका मोहन सिंह साउदका ७ वर्षिय छोरा शिव सिंह साउदको ज्यान गएको हो ।

वालकलाई साझ ७ वजे आगनमा खेलिरहेका वेला नरभंक्षी चितुवाले आक्रमण गरेर लगेको थियो । त्यस पश्चात स्थानिय वासिन्दा खोज्दा करिव ४ घण्टापछि राती साढे १० वजेतिर घरनजिकैको खोलामा वालकको लास भेटिएको स्थानिय मनोज ठकुराठीले जानकारी दिए ।

प्रहरी चौकी शर्माली कुस्मोतघाट र जिल्ला प्रहरी कार्यालय वैतडीलाई चितुवाले वालकको आक्रमण गर्ने वितिकै प्रहरीलाई खवर गरेपनि कुनै वास्ता नगरेको स्थानियले वताएका छन । प्रहरीले हामीसंग हतियार छैन यो राती आउन सक्दैनौ भोली मात्र आउछौ भनेर कुनै पनि मतलव नै नगरेकोप्रती स्थानिय आक्रोशित भएका थिए । यो संगै वैतडीमा चितुवाको आक्रमण १९ ज्यान गइसकेको छ ।

यसरी १९ जना ज्यान जादा समेत स्थानिय प्रसासनले खासै पहल गर्न सकेको छैन । यसरी आगनमै आएर चितुवाले आक्रमण गर्न लागेपछि तल्लोस्वराडका स्थानिय वासिन्दा त्रसित वनेका छन् ।


  •  
  •  
  •