काठमाडौ, ३१ साउन(एजेन्सी) : चीनको जेंझियांग प्रान्तमा रहेको कियानतांग नदीमा समुन्द्रमा जस्तै छाल उठ्ने गर्छ । उक्त छालको उचाई करिब ३० फिटसम्म हुने गरेको बताइएको छ । यदी यस्तो अवस्थामा समुन्द्रमा आँधी आए यसले भयावह स्थिति ल्याउने निश्चित रहेको समेत चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
चीनको जेंझियांगमा अहिले यस्तै छाल देखिने गरेको छ । पछिल्लो वर्ष अगस्तमा आएको छालले कयौ मानिसलाई बगाएको थियो । उक्त छालले कसैको ज्यान त लिएको थिएन तर सयौ मानिस घाइते भएका थिए ।
यो नदी हांगझोउ शहर हुँदै बग्छ । यो नदी हांगझोउको खाँडीसँग जोडिन्छ । यसको छाललाई माथि उठाउन खाडीको छालले पनि मद्धत गर्ने गरेको छ ।
हेरौ नदीमा आएको छालका केही तस्विरहरू…