बुकिङ नखुल्दै सकियो टिकट !

102
  •  
  •  
  •  

कामाडौं, २३ भदौं । सरकारले दसैं,तिहार र छठ पर्वका लागि आगामी बुधबारदेखि लामो रुटका बसको टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि अहिले काउन्टर पुग्ने यात्रुले टिक सकिएको जवाफ पाउन थालेका छन् । यात्रुको सुविधालाई ध्यान दिएर सरकारले सबै बसको टिकट बुकिङ एकैपटक २५ गते बिहान सात बजेबाट खुला गर्ने निर्णय भदौ ५ गते गरेको थियो ।

घट्टेकुलो बस्दै आएकी बबिता अधिकारीले असोज १२ गतेका लागि झापा जान टिकट काटिसकिन् । उनले गौशालास्थित एक होटलमार्फत नमस्ते डिलक्सका तीनवटा टिकट लिएकी हुन् । उनका आफन्त सन्तोस पौडेल पनि झापाकै दमकका लागि टिकट लिन विभिन्न बसका काउन्टर पुगे तर पाएनन् । त्यसपछि उनले पनि सोही होटलमार्फत शुक्रबार दुईवटा टिकट लिए । ‘

दिदीहरु पनि घर जाने भएपछि हामीलाई थप दुईवटा टिकट चाहिएको थियो तर सिट छैन भन्दै कुनै काउन्टरले दिएनन्’ उनले भने । भक्तपुर बस्दै आएकी इटहरी सुनसरीकी निरु दाहालले फुलपातीका दिनको टिकट बुकिङ गरिसकिन् । नोवेल एकेडेमीमा कक्षा ११ मा अध्ययनरत उनले भनिन्,‘कोटेश्वरबाट मेट्रो डिलक्समा टिक पाएँ ,कही दिनअघि बुकिङ गरे तर अहिले त पाइँदैन रे ।’

कोटेश्वरमा काउन्टर रहेको महालक्ष्मी डिलक्समा घटस्थापनाको दिनदेखि नवमीसम्मका लागि टिकट छैन । काउन्टरका एक कर्मचारीले भने,‘तपाइलाई चाहिएको भए अर्को गाडी थपिएपछि मात्र पाउनुहुन्छ ,पछि आउनुहोस् ।’आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।


  •  
  •  
  •