दशैँको तिहारका लागि भदौ २२ देखि अग्रीम टिकट बुकिङ खुल्ला

1116
  •  
  •  
  •  

Ticket_Booking_
काठमाडौं, १६ भदौ (ओएनएस) : नेपाल यातायात व्यवस्था विभागले दशैँ तिहारलाई लक्षित गर्दे भदौ २२ देखि अग्रीम टिकट बुकिङ खुल्ला गरिने जनाएको छ ।

विभागमा आज बसेको बैठकले भदौ २२ देखि दशैँ र तिहारको लागि टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको हो । यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी महांसंघ, ट्राफिक प्रहरीलगायत सरोकारवालाहरुसहितको बैठकले टिकट बुकिङको मिति निर्धारण गरेको विभागका प्रवक्ता टोपराज पाण्डे बताए ।

उनले यससंगै यात्रुको सहजताको लागि उपत्यकाको १२ स्थानमा हेल्प डेक्ससमेत राखिने निर्ण भएको जानकारी दिए ।
उनकाअुनसार यात्रुको भाडादरमा भने कुनै घटबढ गरिएको छैन ।

यस अघि व्यवसायीले दशैंको टिकट बुर्किङ खुलाउने निर्णय हुनुअघि नै सार्वजनिक सवारीको भाडा बढाउनुपर्ने माग गरेका थिए।


  •  
  •  
  •