दशैंको टिकट भदौ २५ देखि

122
  •  
  •  
  •  

रक्षा रेग्मी
काठमाडौं ९ भदौ (ओएनएस) : चाडपर्वका लागि आगामी भदौ २५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । दशैं,तिहार तथा छठलाई ध्यानमा राखेर बुकिङ खुल्ला गर्न लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता मुक्ती केसीले बताए ।

उपत्यकाका १० स्थानमा ‘हेल्प डेस्क’ राखी टिकक वितरण गर्न लागिएको उनले जानकारी दिए ।  उनका अनुसार ती ‘डेस्क’बाट यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरु प्रहरी प्रधान कार्यलय ,महानगरिय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायत व्यवसायी राष्ट्रिय महासंघ र ट्रेड युनियनलगायतबाट खटाइएका प्रतिनिधिहरुले सेवा दिन्छन् ।

त्यस्तै यात्रुहरु नझुकिउन भन्ने उद्देश्यले काउन्टरमा रहने कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनुपर्ने व्यवस्था गरिएको बताइएको छ । ‘यसको जिम्मेवारी नेपाल यातायात राष्ट्रिय महासंघले लिएको छ, केसीले । भाडामा हुने दलाली तथा कालोबजारी नियन्त्रण गर्न भाडादर बस तथा टिकट काउण्टरमा लेख्ने व्यवस्था विभागले गरेको छ । यसका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफ्ना भातृसंस्था तथा निकायलाई निर्देशन दिन्छ ।

भाडामा बालाबजारी हुन नदिन यातायात व्यवस्था विभागका कर्मचारीको सहभागितामा टिकट काट्नुपर्ने उपभोक्ता अधिकार संरक्षण मंचका अध्यक्ष माधव तिमिल्सिनाले बताए । साथै प्रशासन संयन्त्र बलियो हुनुपर्ने उनको भनाइ छ । विभागले अपाङगता भएका व्यक्ति र महिलालाई आरक्षित सिटको समेत व्यवस्था गरेको बताएको छ । साथै लामो तथा मझौला दुरीमा सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारीहरुले गन्तव्यमा पुग्ने सुनिश्चितता पनि गरेको बताएको छ ।

‘फोकल पोइण्ट’बाट निरीक्षणको कार्यलाई पुरानो बसपार्क, नयाँ बसपार्क, चावहिल,गौशाला,कोटेश्वर,कलंकी र थानकोटलगायत आवश्यक परेमा अन्य स्थानमा पनि नियमित रुपमा अनुगमन गरिने विभागले जनाएको छ ।  दुर्घटना कम गर्न लामो दुरीका बाटोमा कम्तीमा दुई जना चालक व्यवस्था गर्ने विभागले जानकारी दिएको छ । साथै राजधानी बाहिर १३ ओटा हेल्प डेस्क राखिने बताइएको छ ।
साथै दशैमा उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढी हुने भएकोले माग हेरि नियमित चल्ने भन्दा करिव २ हजार ५ सय सम्मसवारी थप्ने योजना भएको नेपाल यातायत व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । माग हेरी बस तथा माइक्रो थप्ने योजनामा रहेको महासङ्घले बताएको छ ।
हरेक बर्ष दशैको २ हप्ता अगाडी देखि टिकट बुकिङ खुल्ला गर्दै आएको छ ।


  •  
  •  
  •