ठूलो परिमाणमा गाँजा बरामद

67
  •  
  •  
  •  

लहान । सप्तरीको सुरङ्गा नगरपालिका–७ चकदह नजिक रहेको बलान खोला छेउबाट सशस्त्र प्रहरी बल बेश क्याम्प कुसहाले गाँजा बरामद गरेको छ ।

विशेष सूचनाको अधारमा सशस्त्र प्रहरी निरीक्षक निरंजन राज कार्कीको नेतृत्वमा खटिएको टोलिले गाँजा बरामद गरेको हो ।

निरीक्षक कार्कीका अनुसार सुरङ्गा नगरपालिका–७ हरिपुर चकदह नजिक रहेको बलान खोलाको छेऊबाट तयारी अबस्थामा राखिएको दुई बोरा बराबर सय के.जी. गाँजा बरामद गरेको हो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी निरीक्षक कार्कीले गाँजा तस्करहरु गाँजाको बोरा फालेर फरार भएको बताए ।


  •  
  •  
  •