थ्रीस्टारको लगातार दोस्रो जित

154
  •  
  •  
  •  

काठमाडौ, १४ माघ (ओएनएस) : राजधानीमा जारी राष्ट्रिय लिगमा उपाधि दाबेदार मानिएको थ्रीस्टारले लगातार दोस्रो जित दर्ता गराएको छ ।

दशरथ रंगशालामा बुधबार भएको खेलमा थ्रीस्टारले सुदुरपश्चिमलाई ३–० ले हराएको हो । पहिलो हाफ बराबरीमा सकिएको खेलको ७३ औं मिनेटमा जगजित श्रेष्ठले उपलब्ध गराएको पासमा अमर डंगोलले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए ।

तीन मिनेट पछि जगजितकै पासमा अमरले ब्यक्तिगत तथा टिमको लागि दोस्रो गोल गरे । खेलको अन्तिम मिनेटमा सन्तोष साहुखलले अर्काे गोल थपेपछि थ्रीस्टारले खेल ३–० ले जित्यो ।

यसअघि पहिलो खेलमा थ्रीस्टारले मोरङ एफसीलाई ३–० ले नै पराजित गरेको थियो ।


  •  
  •  
  •