र्थी स्टारका डिफेन्डर निर्दोष सावित

132
  •  
  •  
  •  

धरान, २७ भदौ (ओएनएस)  : श्रीमती हत्याको आरोप लागेका थ्रीस्टारका पुर्व खेलाडि विष्णु सुनुवारलाई जिल्ला अदालत सुनसरीले निर्दोष सावित गरेको छ । सुनुवारलाई गत वर्ष २०७० साल भदौ २५ गते श्रमती सवि राईलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । अदालतको आदेशमा उनी पुर्पक्षका लागि सुनसरीको झुम्का कारागारमा राखिएका थिए ।10653432_10152795535899236_910663160670748666_n

अदालतले निर्दोष सावित गरेपछि उनी यही भदौ २५ गते रिहा भएका छन् । धरानमा शmुबार पत्रकार सम्मेलन गरि सुनुवारले भने, ‘म निर्दोष नै थिए अन्ततः निर्दोष नै सावित भएको छु ।’ उनले बाँकी जीवन भने पुनः खेल जीवनमा नै विताउने बताए । आफुलाई अभियोग लागेका वेला कसैले सहयोग नगरेको उनको गुनासो छ । ४ वर्ष सम्म थी्रस्टारमा फुटवल खेलेका उनले ५ लाख रुपैया पारिश्रमिक नपाएको बताए । पक्राउ परेको वबला उनि थ्री स्टार क्लवमा नै आवद्ध थिए । उनि थी्र स्टारका मुख्य डिफेन्डर थिए । धरान १७ निवासी उनले २०६२ सालदेखि फुटवल खेल्न शुरु गरेका हुन् । शुरुमा उनले आरसिटी , व्रिगेड व्वाइज, व्वाइज युनियन र थ्रीस्टार क्लववाट फुटबल खेलेका थिए ।

२०७० साल भदौ २२ गते श्रीमती धरान १७ मा नै मृत अवस्थामा भेटिएपछि शंका लागेर सुनुवारलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको थियो ।


  •  
  •  
  •