काठमाडौं, १५ माघ (ओएनएस) : संविधानसभाका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले समयसीमा राखेर संविधान बनाउने प्रक्रिया सुरु गरेलगत्तै सत्तासिन एमालेले सभासदहरुलाई गाउँ जान निर्देशन दियो । त्यसकै भोलिपल्ट कांग्रेसले पनि सभादहरुलाई गाउँ पुर्याउने निस्कर्ष सुनायो । भाषा शैली फरक भएपनि सत्तासिन दुईदलको कारण उस्तै थियो ।
बुधवार विपक्षी मोर्चाको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादीले पनि सभासदहरु गाउँ जान निर्देशन दिएको छ । संविधानसभा बहिष्कार गरेको विपक्षी एमाओवादी अब संसदसमेत बहिष्कार गर्ने निणर्यमा पुगेका छन् । सबै प्रक्रिया नै बहिष्कार गरेर जिल्ला जान खोजेको किन ?
एमाओवादीका मुख्य सचेतक गिरीराजमणी पोखरेल अब सत्तापक्षविरुद्ध भण्डाफोर गरेर आफ्नो एजेण्डाबारे जानकारी गराउने बताउँछन् । एमाओवादीले सत्तापक्षविरुद्धको आन्दोलनको तयारी गर्न सभासदहरु गाउँ पठाएपनि सत्तासिन दलले संविधान बन्न नसक्नुको कारण बुझाउन सभासद गाउँ पठाउन लागेका हुन ।
एमाले सचिव प्रदीप ज्ञवालीले निर्धारित समयमा संविधान बन्न नसकेकाले मतदातालाई यथार्त भन्नु उचिन ठानेर सभासद गउँ पठाएको बताए । उनका अनुसार एमालेका आधाभन्दा बढी सभासद त गाउँ पुगिसकेका छन् ।
अब गउँ गाउँमा पुगेर एमाओवादीले कांग्रेस एमालेले जनताले मागेजस्तो संविधान दिन रोके भन्नेछ सत्तासिन दल संविधान नै रोकेको दोष एमाओवादीलाई लगाउनेछ । केन्द्रमा देखिएको विवाद सभासदहरुसँगै गाउँ सर्नेछ ।
तोकिएको समयमा संविधान दिन सकेनौ भन्दै लिखित माफिसमेत मतदातालाई माग्न नसकेका दलहरु विवाद गाउँ सार्न वा एकअर्कालाई दोषि सावित गर्न गाउँ पुग्दैछन् भने आफ्नो राजनीतिक धुव्रीकरणमा नागरिकलाई समेत मुच्छ्ने प्रयत्न हुनेछ ।
माघ ८ गते संविधान बन्न नसकेपछि विवादमा फेसका दलहरुबीच ११ गते प्रक्रिया सुरु भएपछि धुव्रीकरण नै देखिएको छ । प्रक्रिया सुरु भएसँगै संविधानसभा बिहष्कार गरेका विपक्षी त्यसको भण्डाफोर गर्न र प्रक्रियाबाटै संविधान दिने अडानमा रहेका सत्तापक्ष संविधान आउँछ है भन्ने आश्वस्त पार्न गाउँ गाउँ केन्द्रित हुने निस्कर्षमा पुगेका हुन् ।