माघ ४ गतेभित्रै मधेसी मोर्चाको माग सम्बोधन गर्ने तीन दलको निर्णय

145
  •  
  •  
  •  

काठमाडौँ, ३० पुस(ओएनएस) : प्रमुख तीन दलले तराईमा आन्दोलन गरिरहेका मधेसी मोर्चाका सबै माग आगामी माघ ४ गतेभित्र सम्बोधन गर्ने निर्णय गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकले ५ गते संसदको बैठक बस्नु अघि नै मधेसी मोर्चासँग सहमति कायम गर्नका लागि ४ गतेभित्र मोर्चाको माग सम्बोधन गर्ने निर्णय गरेका हुन् ।

मधेसी मोर्चाले तीन दलले सीमांकन टुङ्ग्याउनका लागि गठन गर्ने भनिएको राजनीतिक संयन्त्रको वैधानिकताबारे प्रश्न उठाएपछि त्यसलाई वैधानिकता दिन तीन दल तयार रहेका छन् । उनीहरूले कसरी उक्त विषयलाई वैधानिकता दिने भन्नेबारे भने निर्णय गरिसकेका छैनन् ।

यसैबीच, तीन प्रमुख दल र मधेसी मोर्चाको कार्यदलको आज बस्ने भनिएको बैठक स्थगित गरिएको छ । कार्यदलका सदस्य तथा उपप्रधान तथा रक्षामन्त्री भीम रावल उपत्यका बाहिर रहेकाले छलफल स्थगिोत गरिएको हो । उक्त वार्ता शुक्रबार हुने भएको छ । शुक्रबार हुने वार्ताले मोर्चासँग सहमतिको लिखित प्रारूप तयार गर्ने बताइएको छ ।

बैठक स्थगित भएपछि मधेसी मोर्चाका नेताहरू पनि आन्तरिक छलफलमा जुटेका छन् ।


  •  
  •  
  •