तीन चरणमा मधेसका माग पुरा गर्ने सहमति

197
  •  
  •  
  •  

Three-Party-flagकाठमाडौँ, १७ मंसिर(ओएनएस) : मधेसी मोर्चाको मागबारे साझा धारणा बनाउनका लागि आज बसेको प्रमुख तीन दलको बैठकले तीन चरणमा मधेसका माग पुरा गर्ने सहमति गरेको छ ।

तीन दलको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मधेसका माग तीन चरणमा पुरा गर्ने सहमति गरेको स्रोतले जानकारी दिएको छ । बैठकले मधेसी मोर्चासँगको वार्तामा तीनै दलले समान धारणा राख्ने सहमति गरेको स्रोतको दावी छ ।

मधेसी मोर्चाले आफूहूरूले राखेको तीन चरणमा माग पुरा गर्ने प्रस्ताव नमाने आफ्नै ढंगले अगाडि बढ्ने समेत सहमति गरेका छन् । तीन दलले मधेसी मोर्चाले नमाने संविधान संशोधन गरेर आफ्नै ढंगले अगाडि बढ्ने सहमति गरेका हुन् ।

मधेसी मोर्चाले तीन दललाई साझा धारणासहित प्रस्तुत हुन आग्रह गरेपछि साझा धारणा बनाउनका लागि तीन दलको बैठक बसेको हो । प्रमुख दलहरुबीच साझा धारणा नबन्दा बुधबार साँझ मोर्चा गर्ने भनिएको वार्ता अन्तिम समयमा आएर स्थगित भएको थियो ।

संविधानप्रति असन्तुष्टि जनाउदै मधेसी मोर्चाले तराईमा गरेको आन्दोलन एकसय बढी दिनदेखि जारी छ ।


  •  
  •  
  •