मोर्चालाई सहमतिमा ल्याएर विधेयक पारित गर्ने तीन दलको निर्णय

140
  •  
  •  
  •  

काठमाडौँ, २ माघ(ओएनएस) : प्रमुख तीन दलले पाँच गते बस्ने संसदको बैठकबाट संविधान संधोधन विधेयक पारित गराउने निर्णय गरेका छन् । तर, यसका लागि पहिले मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयास गर्नेछन् ।

प्रमुख तीन दलका शीर्ष नेताहरूको शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राजनीतिक संयन्त्रलाई वैधानिकता दिनका लागि संसदमा लैजाने सम्बन्धमा छलफल गरेका हुन् । राजनीतिक संयन्त्रको गठनको वैधाकिता र कार्यक्षेत्रका विषयमा मधेसी मोर्चाले प्रश्न उठाएपपछि तीन दलले सो विषयमा छलफल गरेका हुन् । यस्तै, तीन दलबीच सीमांकन टुंग्याउने सम्बन्धमा समेत सकारात्मक छलफल भएको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।

यसअघि कार्यदलको बैठकमा तीन दलीय कार्यदलकोतर्फबाट उपप्रधानमन्त्री तथा रक्षा मन्त्री भीम रावलले राजनीतिक संयन्त्रमार्फत तीन महिना भित्र सीमाकंनलगायतका विषय टुंग्याउने प्रस्ताव गरेका थिए । त्यसलाई मोर्चाले सकारात्मक रुपमा लिँदै त्यसको कार्यक्षेत्र र वैधानिकतामा प्रश्न उठाएको थियो ।


  •  
  •  
  •