तीन दलको बैठक निष्कर्ष विहिन, फेरि जिम्मा कार्यदललाई

67
  •  
  •  
  •  

काठमाडौं, १४ असोज (ओएनएस) संविधानका विवादित विषयमा सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक  निष्कर्ष विहिन भएको छ । विवादित बिषयमा सामान्य छलफल मात्रै गरेका नेताहरुले ठोस निर्णय गर्न सकेनन् । मंगलवार  विहान सिंहदरबारमा बसेको तीन दलको बैठकमा सहमति जुट्न नसकेपछि तीनदलका दुई दुई जना नेता सम्मिलित अर्को कार्यदल गठन गरिएको छ ।

यो कार्यदलले विवादित बिषयमा सहमति खोज्ने बैठकपछि काङग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । कार्यदलमा काङग्रेसका कृष्ण सिटौला र नरहरि आचार्य, एमालेका भिम रावल र अग्नी खरेल तथा एकीकृत माओवादीका कृष्णबहादुर महरा र खिमलाल देवकोटा रहनु भएको छ ।यसैबीच संवैधानिक राजनितिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले सहमतिका लागि पेश गरेको  प्रस्ताव फिर्ता लिएका छन् ।

भट्टराईले हिजोको बैठकमा ८ देखि १० प्रदेशको बिकल्प सहित, शासकीय स्वरुप र निर्वाचन प्रणाली बारे पनि व्यतिmगत नयाँ प्रस्ताव पेश गरेका थिए । आज कांग्रेस एमालेका नेताहरुले त्यो प्रस्ताव माथि छलफल गर्न नसक्ने जनाएपछि भट्टराईले प्रस्ताव फिर्ता लिनु परेको हो । सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सभापति भट्टराईले आफुले पेश गरेको प्रस्ताव सन्दर्भ सामग्री मात्रै भएको जिकिर गरे ।


  •  
  •  
  •