संसद खुलाउने विषयमा तीन दलबीच छलफल हुने

51
  •  
  •  
  •  

काठमाडौं, १० असोज (ओएनएस) : संसद खुलाउने विषयमा आज प्रमुख तीन दलबीच छलफल हुने भएको छ । दुई महिनादेखि संसद अवरुद्ध भइरहेकाले समस्या भएको भन्दै शुक्रवार त्रिपक्षीय छलफल हुन लागेको हो । विहीवार मात्रै संसद सुचारु गर्ने विषयमा एमाले अध्यक्ष कोपी शर्मा ओली र एकीकृत माओवादी नेता डा बाबुराम भट्टराईबीच छलफल भएको थियो ।

शुक्रवार अन्य दलहरुसँग पनि छलफल गरेर संसद सुचारु गर्ने विषयमा छलफल हुने भएको हो । छलफलको समय र स्थान भने तय भइनसकेको नेताहरुले बताएका छन् । यसअघि भएको चार बुँदे सहमति कार्यान्वयनको माग गर्दै एकीकृत माओवदी र मधेसवादी दलहरुले संसद बैठक लगातार अवरुद्ध गरिरहेका छन् ।
यसैबीच संविधान निर्माणका विषयमा देखिएका विवादका विषयमा सहमति खोज्न संविधानसभा अन्तगतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक बसिरहेको छ । सिंहदरबमा जारी बैठकमा संविधानका अन्तरवस्तुमा दलहरुले सहमतिका लागि प्रयास गर्ने समितिका सचिव तथा संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिए ।

बैठकमा मैलिक हक सम्वन्धि समितिले तयार पारेको प्रतिवेदन समितिले पारित गर्ने भएको छ । असोज १४ गतेभित्रमा संविधानका विवादित विषयमा सहमति जुटाइसक्नुपर्ने भएकाले समितिले छलफललाई तिव्र पारेको छ ।


  •  
  •  
  •