तीन दलको कुरा मिलेन, २६ सभासद मनोनयन अन्योलमा

246
  •  
  •  
  •  

काठमाडौं, ८ भदौ (ओएनएस) :  प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलीय बैठक विनानिश्कर्ष टुंगिएको छ । बैठकमा एमाओवादीले यसअघि भएको ४ बुँदे सहमति कार्यान्वयन गर्न भनेपछि बैठक विथोलएिको बैठकमा सहभागी एक नेताले जानकारी दिए । संविधान निर्माण, २६ जना सभासद मनोयनका विषयमा छलफल गर्न कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताबीच आइतबार बिहान वालुवाटारमा बैठक बसेको थियो ।

एमाओवादीले ४ बुँदे सहमतिमै जोड दिएपछि कांग्रेस र एमालेले सो सहमतिअनुसार चल्न नसकिने बताएपछि एमाओवादी नेताहरुले बैठक छाडेको बताइएको छ ।  संविधानसभा निर्वाचनमा नराम्रो पराजय भोगपछि एमाओवादीले निर्वाचन परिणाम अस्वीकार गरेको थियो । त्युतिबेला एमाओवादीलाई फकाउन ३ दलबीच ४ बुँदे सहमति भएको थियो । सो सहमतिमा सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्ने, चुनावमा भएको ‘धाँधली’बारे संसदीय छानविन समिति बनाउने र उच्चस्तरीय राजनीतिक समिति बनाउने सहमति भएको थियो । यी मध्ये सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन बनिसकेको छ भने आयोग गठन हुन सकेको छैन । यस्तै उच्चस्तरी समिति बनाउँदा संविधानसभालाई प्रभाव पर्ने भन्दै एमालेले सो समिति गठन गर्न नहुने बताएको छ । यस्तै निर्वाचनमा धाँधलीन नै नभएको निश्कर्षमा कांग्रेस एमाले छन् । एमाओवादी दोस्रो संविधानसभा निर्वाचनपछि ‘सायज’मा आएपछि विभिन्न वखेडा झिकेर राजनीतिलाई आफूवरीपरी घुमाउने गरिरहेको नेताहरु बताउँछन् ।

कांग्रेस र एमालेले संविधानसभामा तेस्रो स्थानमा रहेको दललाई उच्चस्तरी समितिको नेतृत्व दिन नसकिने बताउँदै आएका छन् भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आफ्नो कुनै भुमिका नभएको भन्दै भुमिका दिन आग्रह गरिरहेका छन् । तीन दलबीच भएको छलफलमा कुनै सहमति नजुटेपछि आजै मन्त्रिपरिषद्बाट गर्ने भनिएको २६ जना सभासद मनोनयन पनि अन्योलमा परेको छ ।


  •  
  •  
  •