काठमाडौं, १९ भदौ (ओएनएस) : राज्यको पुनर्संरचना तथा शासकीय स्वरुपका विषयमा छलफल गर्न बसेको तीन दलको बैठक विनानिश्कर्ष टुंगिएको छ । बैठकमा कांग्रेस, एमाले र एमाओवादीले आ–आफ्ना अडान राखेपछि कुनै ठोस निश्कर्ष ननिस्केको एक नेताले ओएनएसलाई जानकारी दिए ।
स्रोतका अनुसार बैठकमा कांग्रेसले ३ देखि ७ प्रदेशमा संघीय प्रदेशको संख्या हुनुपर्ने प्रस्ताव गरेको छ । कांग्रेसले ७ भन्दामाथि कुनै पनि हालतमा जान नसकिने अडान राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका उनका अनुसार कांग्रेसको सो प्रस्तावमा एमाले सहमति नजिक भए पनि एमाओवादीले भने विरोध गरेको छ । एमाओवादीले कम्तिमा १० र अधिकतम १४ प्रदेश बनाउनुपर्ने आडान दोहोर्याएको छ । एमाले भने ७ प्रदेशकै अडानमा छ ।
यही भदौ २१ गते भित्र सहमित गरिसक्नु संविधानसभको कार्यतालिका भएका कारण दलहरुले आज दिन भर वर्ता गर्नेछन् । पहिलो चरणको तीन दलीय बैठकमा कुनै निश्कर्ष ननिस्के पनि फेरि बैठकब बस्ने नेताहरुले बताएका छन् । आजै नेकपा–माओवादीसहितको ४ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । तीन दलीय बैठकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल र एमाओवादी अध्यक्ष पुष्कमल दाहाललागयतका शीर्ष नेताहरुको सहभागिता थियो ।