तीन दल र मधेसी मोर्चाबीच वार्ता सुरू

264
  •  
  •  
  •  

काठमाडौँ, २४ मंसिर(ओएनएस) : प्रमुख तीन दल र मधेसी मोर्चाबीच वार्ता सुरू भएको छ । मधेसी नेताहरूको भारतभ्रमणपछि पहिलो पटक सिंहदरबारमा त्रिपक्षीय वार्ता सुरू भएको छ ।

विगत लामो समयदेखी सीमांकनलगायतका अन्य विषयलाई लिएर आन्दोलनरत दल मधेसी मोर्चा र प्रमुख तीन दलले वार्ता सुरू भएको हो । आजको वार्तामा सरकारले सारेको तीन बुँदे प्रस्तावका विषयमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।

संघियतालाई पछि मिलाउनेगरि अरु विषयमा संसिवधान संसोधन गर्न आग्रहगरेपछि त्यसलाई अस्वीकार गर्दै मेधसी मोर्चाका नेताहरु वाताबरण बनाउन भन्दै दिल्ली पुगेका थिए । अहिलेपनि उनीहरुले आफूले राखेका ११ बुँदे मागमा अडिक रहेका छन् ।

वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका नेताहरू माधव कुमार नेपाल, सरकारी वार्ता टोलीका संयोजक तथा उपप्रधानमन्त्री कमल थापा, फोरम लोकतान्त्रित्रका अध्यक्ष एवं उपप्रधानमन्त्री बिजय कुमार गच्छादार नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला, नेता रामशरण महतलगायतको उपस्थिति रहेको छ भने मधेसी मोर्चाका तर्फबाट संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पाटीका अध्यक्ष महन्थ ठाकुर, सद्धभावना पाटीका उपाध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी रहेका छन् ।


  •  
  •  
  •