विद्युत व्यापार सम्झौताको लागि समिति गठन

248
  •  
  •  
  •  

काठमाडौं, १३साउन (ओएनएस) :भारतसँग विद्युत व्यापार सम्झौता गर्नुअघि त्यसको अध्ययन गर्न मुख्य तीन दलले तीन सदस्यीय समिति बनाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा वसेको बैठकले एमालेका उपाध्यक्ष भीम रावल, कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौंला र एकीकृत माओवादीका नारायणकाजी श्रेष्ठ सदस्य रहेको समिति बनाएको हो ।

तीन सदस्यीय समितिले उर्जामन्त्रालयका अधिकारीसँग छलफल गरेर विद्युत ब्यापार सम्झौता तत्काल गर्न सकिने वा नसकिनेबारे अध्ययन गरेर तीन दलको बैठकमा पेश गर्नेकांग्रेस महामन्त्री कृष्ण सिटौलाले जानकारी दिए ।
एकीकृत नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठले भारसँग विद्युत ब्यापार सम्झौता गर्नुपर्नेमा सबै दल सकारात्मक भएपनि अध्ययन आवश्यक भएकाले समिति गठन गरेको जानकारी दिए।

श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणकै बेला सम्झौता गर्ने गरि अध्ययन गरेर तीन दलबिच सहमति खोज्ने बताए । बैठक बुधबार फेरि बस्ने श्रेष्ठले जानकारी दिए।


  •  
  •  
  •