१९ गतेसम्म विवादित विषयमा सहमति खोजिने

89
  •  
  •  
  •  

काठमाडौं, १४ असोज (ओएनएस) : प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीको बैठकले संविधानका विवादित विषयमा असोज १९ गतेसम्म सहमति जुटाउने सहमति गरेको छ । मंगलवार विहान बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकले तोकिएको समयभित्र संविधान जारी गर्न सहमति गर्नुको विकल्प नभएको निष्कर्ष निकाल्दै असोज १९ भित्र विवादित विषयमा सहमति जुटाइसक्ने सहमति गरेको हो । दलहरुबीच राज्यपुर्नसंरचना, शाससीय स्वरुप, निर्वाचन प्रणालि तथा न्याय प्रणालिलगायतका विषयमा विवाद छ ।

संविधानसभा अन्र्तगतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले समेत ती विषयमा सहमति जुटाउन नसकेपछि प्रमुख दलका शीर्ष नेताहरुबीच विवादित विषयमा सहमति खोज्ने प्रयास भएको हो । संवाद समितिको समयसिमा आज सकिँदैछ ।

बैठकले व्यवस्थापिका संसदको जारी अबरोध हटाउने विषयमा छलफल गरेपनि कुनै निष्कर्ष भने निकाल्न सकेन् । एमाओवादीले उच्चस्तरीय राजीतिक संयन्त्रको संयोजक संविधान नबन्दा सम्म आफूले पाउनुपर्ने अडान राखेपछि सो विषयमा सहमति जुट्न नसकेको बैठकमा सहभागी नेतहरुले जनाएका छन् ।


  •  
  •  
  •