तीन राजदुत नियुक्त

125
  •  
  •  
  •  

  काठमाडौ, १६ मंसिर(ओएनएस) : कुवेत फ्रान्स र दक्षिण अफ्रिकाका लागि तीन राजदुत नियुक्त भएका छन् । राष्ट्रपनि रामवरण यादवले तीन देशका लागि नेपाली राजदुत नियुक्त गरेका हुन् ।

यज्ञवहादुर हमाललाई कुवेत,अम्विकादेवी लुइँटेललाई फ्रान्स र अमृतबहादुर राईलाई दक्षिण अफ्रिकाको राजदुतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयमा सहसचिवका रुपमा कार्यरत तीनै जनालाई सम्वन्धित मुलुकको राजदुत पदमा नियुक्त गर्ने निणर्य गरेको थियो । दक्षिण अफ्रिका,कुवेत र फ्रान्सका लागि सिफारिस गरेका तीनजना नेपाली राजदुतको नियुक्तिका लागि  केही दिन पहिले स्वीकृति प्राप्त भएको हो ।

थाइल्याण्ड र क्यानडाका लागि सिफारिस गरिएका राजदुतहरुको अनुमोदनपत्र भने प्राप्त भइसकेको छैन । सम्वन्धित तीन  मुलुकबाट प्राप्त स्वीकृतिपत्र आइतवार परराष्ट्र मन्त्रालयले नियुक्तीका लागि राष्ट्रपति समक्ष प्रस्तुत गरेको थियो ।


  •  
  •  
  •