प्रधानमन्त्रीको भ्रमणका तीन एजेण्डा

157
  •  
  •  
  •  

काठमाडौँ, ४ फागुन(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण प्रमुख रूपमा तीन वटा एजेण्डामा केन्द्रित हुने भएको छ ।

तीन वटा प्रमुख एजेण्डामा राजनीतिक सम्बन्ध सुधार, उर्जा आयात र आर्थिक विकास हुनेछ । यस्तै, प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा र कार्यतालिका समेत तय भएको छ । आगामी फागुन ७ देखि ११ गतेसम्म हुने भ्रमणमा प्रधानमन्त्री ओलीले राजनीतिक र आर्थिकलगायतका मुद्दामा छलफल गर्ने उनको सचिवालयले जनाएको छ ।

फागुन ८ गते प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । ओलीले सोही दिन भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यसका साथै प्रधानमन्त्री ओली भूकम्प प्रभावित क्षेत्र हैदरावाद पनि जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले पनि आफ्नो भारत भ्रमण, सम्बन्ध सुधारमा केन्द्रीत हुने बताएका छन् ।


  •  
  •  
  •