तीनदलका शीर्ष नेता सहयोगी विना गोप्य वार्तामा

129
  •  
  •  
  •  

काठमाडौं १३ कात्तिक (ओएनएस) : संविधानका विवादित विषमया सहमति जुटाउन तीनदलका शीर्ष नेताहरुको गोप्य बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल विना कुनै सहयोगी छलफलमा बसेका छन् ।

संविधानका विवादित विषयमा जटिलता बढ्दै गएपछि तीनदलका शीर्ष नेताहरु गोप्य रुपमा बसेका हुन् । एमाओवादी अध्यक्ष दाहालको प्रस्तावमा तीन दलका शीर्ष नेताको छलफल बसेको उनको सतिवालयले जनाएको छ । शीर्ष तहको छलफल पछि आजै तीनदलको सयुक्त बैठक बस्नेछ ।


  •  
  •  
  •