शीर्ष नेताको चासो भावी राष्ट्रपति र प्रधानमन्त्रीमा

98
  •  
  •  
  •  

काठमाडौं, १३ कात्तिक (ओएनएस) : निर्धारित कार्यतालिका अनुसार ८ माघमा संविधान बनाउन दलहरु सहमत छन् । संघियता, शासकीय स्वरुपको विवादमा पनि सहमतिको नजिक पुगेका छन् । बाहिर आएजस्तो मिल्नै नसक्ने खालको विवाद छैन । दलहरु लचक भएर सम्झौता गर्ने लाइनमा छन् । तर दलहरुको भित्री उद्देश्यले संविधानका विवादित विषय मिलाउन अड्कीएको खुल्दै गएको छ । संविधानका विवाद अघि माघ ९ गतेको हैसियत खोज्न दलहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहहरुको छलफल संविधानका विवाद मिलाउन भन्दा संविधान जारी भएपछिको सत्ता साझेदारी मिलाउन केन्द्रित रहेको एक नेताले बताए ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले केही पार्टी र नेताहरुको सत्ता साझेदारीको चासोले संविधानका विवाद जटील बनाएको बताएका छन् । ‘राजनीति भनेको त सत्ता साझेदारी पनि हो । त्यसले गर्दा संविधान जारी भएपछिको अवस्थामा सत्ताको बा“डफा“ड के हुन्छ, कसरी हुन्छ भन्ने खालको चासो थपिएजस्तो अनुभुति हुन थालेको छ’ शान्ति कोषको सचिवालय बबरमहलमा बसेको प्रमुख तीन पार्टीका नेताहरुको बैठकपछि भट्टराईले भने ‘औपचारिक ढंगले त कसैले बैठकमा कुरा राखेका छैनन् तर अन्तर्यमा चाही“ विस्तारै केही समययता ती विषय पनि प्रवेश गरेको छ ।’

स्रोतका अनुसार कांग्रेस माघ ८ पछि पनि प्रधानमन्त्री नछाड्ने अडानमा छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीका लागि आफुलाई पहिला नै मैदान खाली गर्न चाहिरहेका छन् । एमाओवादीले पनि माघ ८ पछि आङ्खनो ‘स्पेस’ दावी गरिरहेको छ ।

सत्ता साझेदारीमा कुरा मिले संघियतामा सम्झौत गर्नेमा दलहरुपुगेका छन् । दुईपक्षीय छलफलबाट सुरु भएको सत्ता साझेदारीको छलफल तीन दलीय बैठकमा पनि प्रवेश पाइसकेको छ । संविधान जारी भएपछि राष्ट्रपति र प्रधानमन्त्री को हुने भन्नेबारे अन्तर्यमा छलफल सुरु भएको छ । दलहरुबीच संविधान जारी भएको एक महिनाभित्र राष्ट्रपतिको चुनाव गर्ने सहमतिले पनि दलहरुबीच सत्ता समिकरणको खेल सुरु भएको एक नेताले बताए ।


  •  
  •  
  •