नदीमा डुबेर ३ को मृ्त्यु

311
  •  
  •  
  •  

दाङ, ५ बैशाख(ओएनएस) : दाङको उरहरी ३ बबई नदिमा डुबेर शनिबार २ जना युवाको मृत्यु भएको छ ।

रूकुम खंलगा घर भई पव्लिक ज्ञानज्योती उमावि तुलसीपुरमा कक्षा ११ मा अध्ययनरत अन्दाजी १७ वर्षिय मन्दीप गौतम र सल्यान भलाचौर घरभई दाङ भ्याली बोर्डिङ स्कुलबाट हालै एसएलसी दिएका अन्दाजी १७ वर्षिय भरत चन्दको पौडी खेल्दै गर्दा डुबेर दिउसो २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चक्रराज जोशीले जानकारी दिएका छन् ।

तुलसीपुर अमेलिया सडक खण्डको शितलपुर पुलदेखि केहीमाथि नुहाउन नदीमा पसेका उनीहरु डुबेको र आधा घण्टापछि शब भेटिएको थियो ।

यसैबीच, देउखुरीको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुवेर एक बालकको मृत्यु भएको छ । देउखुरी लालमटिया ४ का १२ वर्षीय कमल पौडेलको राप्ती नदीमा नुहाउने क्रममा डुबेर मृत्युभएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।


  •  
  •  
  •