तीनदिवसीय खेलको पहिलो दिन सोमपालले लिए ५ विकेट

143
  •  
  •  
  •  

काठमाडौं, २३ कात्तिक, (ओएनएस) : श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो तीनदिवसीय क्रिकेटमा सामान्य सुरुआत गरेको छ । श्रीलंकाको करुनेगाला कम्बाइन ११ लाई  पहिलो दिनमै नेपाली टिमले ३४७ रनमा अलआउट गर्न सफल भयो ।

श्रीलंकन टिमलाई अलआउट गर्ने क्रममा नेपालका तीब्र गतिका बलर सोमपाल कामीले ५ विकेट लिन सफल भए । सात बर्षपछि तीनदिसीय क्रिकेटमा फर्किएको नेपाली टिममा बलर करण केसी र राजेश पुलामी मगरले डेब्यु गरका थिए । करणले पहिलो खेलमै १ विकेट लिन सफल भए ।

वेलेगेदेरा रंगशालामा पहिले व्याटिङ गरेको कम्बाइन ११को लागि मिनोद बानुकले सतक प्रहार गरे । उनले १३३ बलमा ९ चौका र चार छक्काको मदतमा ११३ रन जोडे ।

ज्ञान मानिशाराले ६० र र लिओ फ्रान्सिस्कोले लिओ ५१ रनकोे अर्धंशतकीय पारी खेले । सोमपाल बाहेक भुवन कार्की र सागर पुनलले २–२ विकेट लिए ।


  •  
  •  
  •