जुम्लामा १५ मा बिहे, १७ मा तिम्ल्याह

123
  •  
  •  
  •  

काठमाडौं १४ जेठ ।
जुम्ला पातारनसी २ तल्फाकी १७ वर्षीया संगिता बोहराले पहिलोपटक तिम्ल्याह बच्चा जन्माएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल, जुम्लामा बिहीबार दिउँसो १२ देखि १ बजेको समयमा उनले तीन शिशुलाई जन्म दिएकी हुन् ।

उनले पहिलो शिशु १२ बजेर ५ मिनेटमा, दोस्रो साढे १२ बजे र तेस्रो १२ बजेर ५० मिनेटमा जन्माएको चिकित्सकले बताए । उनले २ छोरा र एक छोरी जन्माएकोमा छोरीको मृत्यु भएको अस्पतालले जनाएको छ ।

जिवित २ शिशु को अवस्था सामान्य भए पनि मिति नपुगेरै जन्मिएकाले बाँच्ने पा नबाँच्ने अहिले नै भन्न नसकिने चिकित्सकले बताए ।
नागरिकबाट


  •  
  •  
  •