आईएसद्धारा बाराक ओबामापछि मिशेलको ज्यान मार्ने धम्की

218
  •  
  •  
  •  

threats to president familyकाठमाडौ, २९ माघ(एजेन्सी) : अमेरिकी राष्ट्रपति बाराक ओबामापछि उनकी पत्नी मिशेल ओबामालाई इस्लामिक ह्याकर्सले ज्यान मार्ने धम्की दिएका छन् । ह्याकर्सले फर्स्ट लेडीको नाममा ट्वीट गर्दै भनेका छन्, ‘ब्लडी भेलेन्टाइन डे मिशेल ओबामा ! हामी तिमी, तिम्रो छोरीहरू र तिम्रो पतिलाई निगरानी गरिरहेका छौ ।’

यस्तो धम्की आईएसआईएससँग जोडिएको ‘साइबर क्यालिफेट’ नामको एक ह्याकर्स ग्रुपले दिएको हो । मंगलबार ह्याकर्सहरूले न्युजविकको ट्वीटर १४ मिनेटसम्म ह्याक गरेर चलाएका थिए । सोही समयमा उनीहरुले यस्ता धम्कीपूर्ण ट्वीटहरू गरेका थिए । यस क्रममा गरिएको ट्वीटहरूका सम्बन्धमा एफबीआईले जाँच गरिरहेको छ ।

ह्याकर्सहरूले न्युजविकको ट्वीटर एकाउण्ट ह्याक गरेर पेन्टागनबाट चोरिएको दस्तावेजहरूलाई पनि इन्टरनेटमा लिक गरेका थिए । ह्याकर्सले लेखेका छन्, ‘अमेरिका आफ्नो सहयोगीसँग मिलेर सीरिया, इराक र अफगानिस्तानमा हाम्रो भाइहरूलाई मारिरहेको छ । हामी अमेरिकाको नेशनल साइबर सेक्युरिटी सिस्टमलाई हामी भित्रैबाट बिगारिरहेका छौ ।’

यी सबै पोष्ट साइबर क्यालिफेट ह्यासट्याकबाट ट्वीट गरिएको थियो । ह्याकर्सले आईएसआईएस अमेरिका पुगिसकेको धम्की समेत दिएका छन् । उनीहरूले भनेका छन्, ‘अमेरिका जति सोच्न पनि सक्दैन की हामी उनीहरूसँग कति नजिक छौ ।’ यसको अर्थ उनीहरू अमेरिकामा पसिसकेका छन्  र अमेरिकामा धमाका गर्ने सोचमा छन् ।


  •  
  •  
  •