संचारकर्मीलाई ज्यानमार्ने धम्की

519
  •  
  •  
  •  

mobile phone in handसिरहा, ०७ मंसिर(ओएनएस) : एक अपरिचित व्यक्तिले सिराहाका संचारकर्मी सन्तोष यादवलाई लाई ज्यान मार्ने धम्की दिएका छन् ।

सिरहाको लहानबाट प्रकाशित साक्षी पोष्ट दैनिकका सम्पादक  यादवलाई एक अपरिचित व्यक्तिले टेलिफोन मार्फत ज्यानमार्ने धम्की दिएका हुन् ।

एनसेलको मोबाइल नम्बर ९८१५७०१११६ र ९८१५७२६१२१ बाट फोन गरी एक्कासी गालीगलौज गरी ज्यान लिने धम्की दिएको संचारकर्मी यादवले बताए ।

‘आइतवार साझ ७ बजे मोबाइलमा फोन आयो, आफूले फोन रिसिभ गर्दा केही नभनिकन गालीगलौज गर्दै ज्यानमारि दिने धम्की दिन थाल्यो उनले भने   आफूले के भयो भनेर सोध्दा कारण बारे बताउन चाहेनन् ।’ उनले थपे – ‘मलाई मात्र हैन पत्रिकाको प्रकाशक विजय यादवलाई समेत ज्यानमार्ने धम्की दिएका छन् ।’

धम्की दिएपछि संचारकर्मी सन्तोष यादवले इलाका प्रहरी कार्यालय लहानमा सोमबार अपरान्ह धम्की दिनेलाई कार्वाहीको माग गर्दै निवेदन दिएका छन् । इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले तत्काल यसबारे छानविन अगाडि बढाउने बताए ।

यसैबिच, सिरहा स्थित मानवअधिकारसंग सम्बन्धित संघसंस्था र संचारसँग सम्बन्धित संस्थाहरुले सोमबार विज्ञप्ती प्रकाशन गरी घटनाको भत्र्सना गरेका छन् । प्रेस चौतारी नेपाल शाखा सिरहा, सगरमाथा अञ्चल कमिटी, र क्रान्तिकारी पत्रकार संघ शाखा सिरहा, मानवअधिकार संरक्षण केन्द्र सिरहा, समग्र विकास सेवा केन्द्र, इन्सेक, ओरेक नेपाल लगायतका दर्जन भन्दा बढी संघसंस्थाले विज्ञप्ती मार्फत आवश्यक छानविन गरी दोषीलाई कार्वाही गर्न सम्बन्धित निकायसंग माग गरेका छन् ।


  •  
  •  
  •