प्रहरी हिरासतमै ‘तेस्रोलिङ्गी डन’को दादागिरी

547
  •  
  •  
  •  

???????????????????????????????काठमाडौं ,२५ चैत (ओएनएस) :  प्रहरी हिरासतबाटै ‘तेस्रोलिङ्गी डन’ले ज्यान मार्ने धम्की दिएपछि समलिङ्गी, तेस्रोलिङगीहरु प्रमुख जिल्ला अधिकारीको शरणमा पुगेका छन् ।

हप्ता असुली गर्ने तथा कुटपीट र धम्की दिएपछि प्रहरी हिरासतमा रहेका ‘तेस्रोलिङगी डन’ दिलिप राई (मोहिनी)ले प्रहरी हिरासतबाटै ज्यान मार्ने धम्की दिएपछि समलिङ्गी तेस्रोलिङ्गी अधिकारको वकालत गर्ने संस्था निल हिरा समाजले काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग सुरक्षा माग गरेका छन् ।

जवाफमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनायरण अर्यालले समाजमा डर त्रास फैल्याउने जो कसैलाई सार्वजनिक अपराध ऐन अन्तरगत मुद्धा चलाईने बताए ।

‘सार्वजनिक अपराध ऐनअन्र्तगत २५ दिन थुनामा राख्न सकिन्छ’ प्रजिअ अर्यालले भने, ‘त्यस्तो व्यक्तिबाट असुरक्षित महशुस भए प्रहरीमा उजुरी गरे एउटै ब्यक्तिले पटक–पटक पनि थुन्न सकिन्छ ।’

हिरासतमा रहेका तेस्रोलिङगी दिलिप राई (मोहीनी)ले केही समलिङ्गी तेस्रोलिङ्गीलाई ज्यान मार्ने धम्की दिएपछि आफुहरु असुरक्षित भएको महशुस गरेको भन्दै आवश्यक सुरक्षाको ब्यबस्था मिलाईदिन गरेको आग्रहमा प्रजिअ अधिकारीले त्यस्तो धम्कि दिने ब्यक्तिलाई रिहा भए सार्वजनिक अपराध ऐनअन्तर्गत पुनः मुद्दा चलाएर हिरासतमा लिन सकिने बताएको नील हिरा समाजकी अध्यक्ष गुरुङले जानकारी दिइन् ।

प्रजिअ आर्यालले आफुले यौनिक तथा लैगिक अल्पसंख्यकको प्रतिनिधि मण्डलले राखेको मागलाई गम्भिरता पूर्वक लिएको र जिल्ला प्रहरी कार्यालय काठमाडौं र हनुमानढोका प्रहरीलाई समेत यसबारे गम्भिर बन्न आग्रह गरिसकेको बताएका गुरुङले बताइन् । अर्यालले प्रहरी प्रशासनले राईलाई विशेष निग्रानीमा राख्न आफुले निर्देशन दिएको पनि बताए ।

जुनसुकै किसिमका डर, धम्कि तथा त्रास फैल्याउने ब्यक्ति कानुनको भागिदार हुने अधिबक्ता सुजन पन्तले बताए । पन्तले कसैलाई अंगभंग हुने गरी कुटपिट गरे पिडितले ज्यान मार्ने उधोग अन्तरगत मुद्दा चलाउन  सकिने कानुनी प्रावधान रहेको र त्यस्तो अभियोग प्रमाणीत भए २० वर्ष सम्म जेल सजाय हुने बताए ।


  •  
  •  
  •