आज क्यान सफ्टेकको तेस्रो दिन, भीड बाक्लिँदै

472
  •  
  •  
  •  

can softech4काठमाडौ, २८ भदौ (ओएनएस) : बिहिबारदेखी भृकुटीमण्डपमा सुरू भएको क्यान सफ्टेक २०१४ आज तेस्रो दिन अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति हुने संकेत देखिएको छ । आज शनिबार भएकाले क्यान सफ्टेक अवलोकन गर्न आउनेहरूको भीड निकै बाक्लो हुने आकलन गरिएको छ ।

क्यान सफ्टेक आयोजकहरूका अनुसार आज शनिबार अन्य दिनभन्दा बढि अवलोकनकर्ताले प्रदर्शनी अवलोकन गर्ने विश्वास व्यक्त गरेका छन् । अन्य दिनमा बिदा नहुँदा आउन नपाएका सबैले आज अवलोकन गर्ने र आज अघिल्ला दुई दिनमा आएका अवलोकनकर्ताभन्दा बढिले प्रदर्शनी अवलोकन गर्ने आशा समेत आयोजक क्यानको छ ।

यसको संकेत बिहानैदेखी नै देखिन थालेको छ । सुरूवातका दुई दिनभन्दा आज अवलोकनकर्ताको भिड केही बाक्लो देखिएको छ र अवलोकनकर्ताको भिड दिउँसो अझ बढि हुन सक्ने क्यानका पदाधिकारीहरूले जनाएका छन् ।


  •  
  •  
  •