२४ घण्टाभित्र फ्रान्समा तेस्रो पटक आक्रमण

319
  •  
  •  
  •  

third attack in parisकाठमाडौँ, २४ पुस(ओएनएस) : २४ घण्टाभित्र फ्रान्समा तेस्रो पटक हमला गरिएको छ । फ्रान्सको लियोन शहरको एक रेष्टुरेन्टमा बम विस्फोटको समाचारहरूमा जनाइएको छ । प्रहरीले घटनास्थलमा घेराबन्दी गरेको छ । अहिलेसम्म उक्त हमलाको आधिकारीक रूपमा पुष्टी भने भएको छैन् ।

केही घण्टा अगाडि फ्रान्सको मोटरो शहरमा एक आक्रमणकारीले प्रहरीमाथी गोली प्रहार गरेका थिए । यस घटनामा एक महिला प्रहरी र एक सरकारी कर्मचारी घाइते भएका छन् । सरकारी कर्मचारीको अवस्था गम्भिर भएको समाचारहरूमा जनाइएको छ । आक्रमणकारी मेट्रोमा बसेर भागेको बताइएको छ ।

यस घटनामा एक ५२ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ । तर, पक्राउ गरिएका ती व्यक्तिले गोली चलाएका थिए या थिएनन् थाहा हुन सकेको छैन् । यस्तै, केहि घण्टा अगाडि पेरिसमा व्यंग पत्रिका ‘चार्ली हेब्दो’को कार्यालयमा भएको हमलासँग यो हमलाको कुनै सम्बन्ध छ या छैन् भन्नबारे केही जानकारी पाउन सकिएको छैन् ।

म्यागाजिनको कार्यालयमा भएको हमलामा १२ जनाको ज्यान गएको छ । हमला गर्ने तीन आतंकवादीमध्ये एकले बिहिबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । ती हमलाकारीको उमेर करिब १८ वर्ष रहेको बताइएको छ ।

स्रोतहरूका अनुसार बाँकी दुई हमलाकारी भाई हुन् । प्रहरीले सात मानिसलाई पक्राउ गरिएको छ । यी मानिसको सम्बन्ध ती दुई भाईसँग रहेको बताइएको छ जो बुधबारको हमलामा संलग्न रहेका थिए ।

फ्रान्सको प्रहरी हमला गर्ने भाइहरूको खोजी गरिरहेका छन् । फ्रान्सको सञ्चारमाध्यमका अनुसार आत्मसमर्पण  गर्ने हमलाकारीको नाम हमेद मुराद हो । उसले आफ्नो नाम सामाजिक सञ्जालमा आएपाछि आत्मसमर्पण गरेका थिए ।


  •  
  •  
  •