क्रिकेटर सचिनबाट हरेक पतिले सिक्नुपर्ने ४ कुरा…

174
  •  
  •  
  •  

sachin-tendulkar-with-familyक्रिकेटका मास्टर ब्लाष्टर सचिन तेन्दुलकरको किताब ‘प्लेइङ इट माई वे’ मा उनको करिअरदेखी व्यक्तिगत सम्बन्धको बारेमा विभिन्न खालका मत आजकल भारतीय सञ्चारमाध्यममा छाएका छन् ।
सचिनको यस किताबमा जे-जस्ता प्रतिक्रिया आएपनि उनी आफ्नो करिअरसहित आफ्नो व्यक्तिगत जीवनमा पनि सफल व्यक्तिका रूपमा लिन सकिन्छ । उनी एक जिम्मेदार पति तथा पिता पनि रहेको उनको किताबमार्फत बुझ्न सकिन्छ । सचिनको व्यक्तिगत जीवनसँग जोडिएको जानकारीको आधारमा उनलाई सफल पति मानिनुका ४ कारण यस्ता छन्ः

– सचिन तेन्दुलकरको सफलताले उनलाई आफ्नी प्रेमीका अर्थात् पत्नी अञ्जलीप्रति अधिक जिम्मेबार बनाएको छ । यस्ता धेरै खेलाडी छन् जो आफ्नो सफलताको उत्कृष्ट स्तरमा रहँदा खेलमात्र नभई प्रेम प्रसंग, ब्रेकअपका कारण चर्चामा रहन्छन् तर, सचिनको जीवनमा यस्तो केही भएन । सचिनले जोसँग प्रेम गरे उसैसँग विवाह गरे र पति हुनुको जिम्मेबारी पनि निभाए ।

– आफ्नो निकै व्यस्त समयका बाबजुत पनि सचिनलके घरमा निकै समय दिने गरेको उनकी पत्नी अञ्जली बताउँछिन् । उनी फुर्सदको हरेक पल आफ्नै परिवारसँग बिताउँछन् र बिदामा आफ्नो परिवारलाई घूम्न लैजाने, छोराछोरीको रेखदेख गर्ने जस्ता काम समेत गर्ने गर्छन् ।

– सचिनको व्यक्तिगत जीवनमा उनकी पत्नीका लागि उनको प्रेम उनलाई आदर्श प्रेमी बनाउँछ । सचिनको उमेरभन्दा ६ वर्ष जेठी अञ्जलीसँगको परिवेश सचिनभन्दा फरक भएपनि यसले सचिनलाई कुनै फरक पार्दैन । उनी आफ्नी पत्नीलाई नै आफ्नो स्वप्न सुन्दरी मान्छन् । उनले बिबिसीमा भएको एइ\क साक्षात्कार कार्यक्रममा आफ्नै पत्नी आफ्नो स्वप्न सुन्दरी भएको र आफूले जस्तो युवतीको सपना देखेका थिए त्यो युवती उनकै पत्नी भएको बताएका थिए ।

– उनले आफ्नो क्रिकेटमा आफ्नो सफलतालाई पत्नी र परिवारको श्रेय मान्छन् । आफू कहिलेकाँही व्यस्त रहँदा छोराछोरीलाई समय दिन नसक्दा निकै चिन्ता लिने गरेका सचिन आफ्नी पत्नीका कारण आफ्नो काम सहजै गर्न सफल हुने बताउँछन् । पेशाले चिकित्सक भए‍पनि उनले आफ्नो करिअर र परिवारको जिम्मेदारीमा परिवारको जिम्मेदारी नै छानेर सचिनलाई बाटो खुल्ला गरिदिएकी थिइन् ।


  •  
  •  
  •  

Comments are closed.