‘तेस्रो पाथिभरा राष्ट्रिय पुरुषभलिवल प्रतियोगीता २०७६’ हुने

75
  •  
  •  
  •  

काठमाडौं , ११ वैशाख(ओएनएस) : श्रीजलजले क्लब साघुको आयोजना तथा मैवा खोला क्लव ढुंगेसाघु, न्यू पाथिभरा क्लव फाकुम्बाको सहआयोजनामा ‘तेस्रो पाथिभरा राष्ट्रिय पुरुषभलिवल प्रतियोगीता २०७६’ हुने भएको छ ।

यहि वैशाख २२ देखि २६ गते सम्म मैवाखोलागााउँपालिका वाड नं. ३ साघुस्थित नारायणी मा.विको खेल मैदानमा हुने प्रतियोगिताको नगद पुरस्कारको प्रायोजन ताप्लेजुङ जिल्लानिवासीहाल काठमाडौंमा बसोवास गर्दै आएका युवाव्यवसायीहरु बलबहादुर तामाङ, ईश्वरी पौडेल र रमेश बरालले संयुक्त रुपमा गरेका छन् ।

साथै यस प्रतियोगितामा अन्य प्रयोजकहरुबाट समेत प्रतियोगीतालाई सहयोग हुने जनाइएको छ । प्रतियोगिता स्थलमा प्रायोजन गर्नु हुने संघ÷संस्था, कम्पनी , तथाव्यक्तीहरुको तुल, व्यनरका साथै होडिङ वोर्ड राख्नकालागी व्यवस्थापन गरिएको छ ।

ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिको व्यवस्थापन, मैवाखोला समाज काठमाडौंको सह–व्यवस्थापन साथै राष्ट्रिय खेलकुद परिषदको विशेष सहयोगमा नेपालभलिवल संघ र जिल्लाभलिवल संघको प्राविधिक सहयोगमा नेपालका ११ वटा राष्ट्रिय टिमहरु (७ वटा प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विश्वविद्यालय ) सहभागीता जनाउने छन् । प्रतियोगितालिगकम नकाउटका आधारमा सन्चालन हुनेछ ।

प्रतियोगिताको प्रथम स्थान हाशिल गर्ने टिमलाई नगद तिन लाख एकाउन्न हजार पाँच सय पाँच रुपैयाँ उपविजेता टिमलाई नगद एक लाख ७६ हजार दुई सय ५१ रुपैयाँ र सेमी फाईनलका उपविजेता टिमहरुलाई जनही ५० हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।

साथै विधागत पुरस्कारहरु तर्फ वेस्ट सर्भर, वस्ट डिफेन्डर, वेस्ट ब्लकर, वेस्ट सेटर, वेस्टकुईकर, वेस्ट ओपन स्पाईकर, वेस्ट कोच जनही सात हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सर्वोत्तकृष्ट खेलाडीलाई पन्ध्र हजार प्रदान गरिनेछ । साथै यस प्रतियोगिताप्रत्येक खेलको म्यानअफ द म्याचलाई नगद दुईहजारप्रदान गरिने छ ।


  •  
  •  
  •