वन्यजन्तु मुद्दाका फरार डिमेलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइयो

484
  •  
  •  
  •  

काठमाडौं, २१ फागुन (ओएनएस) : नेपालले रेडकर्नर नोटिस जारी गरेको वन्यजन्तु मुद्दाका फरार एक युवक भारतमा पक्राउ परेका छन्। फरार सूचीमा रहेका नुवाकाेटका लोडु डिमेलाई प्रहरीले भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको छ।

नेपाल प्रहरीको इन्टरपोल शाखाले डिमेलाई सोमबार बिहान एयर इन्डियाको फ्लाइटबाट नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रवक्ता (डिआइजी)मनोज न्यौपानेले बताए।

रेडकर्नर नोटिस जारी भएको एक महिनापछि डिमेलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो।

जिल्ला वन कार्यालय नुवाकाेटले अवैध रुपमा वन्यजन्तुको छाला ओसारपसार तथा बिक्रीवितरण मुद्दामा डिमेलार्इ एक लाख रुपैयाँ जरिवाना हुनेगरी २०७० असार ३० गते किनार लगाएकाे थियाे ।

तर पुनराबेदन अदालत पाटनले उक्त फैसलालार्इ उल्टाउदै २०७१ फागुन १२ गते पाँच बर्ष कैद फैसला सुनाएको थियो। पाटनले फैसला सुनाए यता डिमे फरार नै थिए।


  •  
  •  
  •