‘दि कर्मा’ को अफिसियल पोस्टर सार्वजनिक

95
  •  
  •  
  •  

काठमाडौं । परमिता आरएल राणा अभिनित नेपाली चलचित्र ‘दि कर्मा’ आगामी माघ १७ गतेदेखि रिलीज हुने भएको छ ।
यस फिल्मको रिलीज मिति तोक्दै अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।

प्रचार प्रसारको पहिलो सामग्रीस्वरुप पोस्टर रिलीज गरिएको निर्माता जय राज रायले बताए । देव कुमार श्रेष्ठले निर्देशित फिल्म नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित रहेर बनाइएको छ ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् ।

रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

भारतिय कलाकारको अभिनयका कारण पनि यो फिल्मलाई चासोको रुपमा लिईएको छ । भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको यो फिल्ममा करणका अलावा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धि तामाङ, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो ।


  •  
  •  
  •