कपिल शर्माको ‘द कपिल शर्मा शो’ अनिश्चितकालका लागि बन्द

365
  •  
  •  
  •  

kapil
मुम्बई, १६ भदौ (एजेन्सी) : कुनै न कुनै विवादमा तानिँदै आएका भारतीय कमेडियन कपिल शर्मा फेरि विवादमा फसेका छन् ।

समाचारअनुसार भर्खरै कपिल शर्मा र भारतीउ अभिनेता अजय देवगनबीच पनि मनमुटाव भएको खबर सार्वजनिक भएको थियो । तर, अजयले त्यसको खण्डन गरेका थिए ।

कपिल शर्मा शो का प्रबक्ताकाअनुसार अर्का कमेडिनय कृष्णा अभिषेकको शो ‘द ड्रामा कम्पनी’ कपिल शर्माको शो को रिप्लेस गर्न सक्छन् । उनले कपिलको स्वास्थ्य अवस्था ठीक नभएको बताएका छन् ।

जसका कारण उनके शो केही दिनका लागि रोक्ने निर्णय गरिएको उनले बताए । कपिल पूर्ण रुपमा ठीक भएपछि मात्रै शो पुन सुटिङ गरिने उनले बताए ।


  •  
  •  
  •