काठमाडौं, २७ असार (ओएनएस) तराईको थरुहट जिल्लाहरुमा बसोबास गर्ने थारु समुदायमा सिकलसेल एनिमिया रोगको ठूलो प्रकोप देखिएको भन्दै यसको रोकथामको लागि विभिन्न थारु कल्याणकारी सभा केन्द्रीय समितिले सरकारसंग पटक–पटक ध्यानाकार्षण गर्दा पनि बेवास्ता गरेको भन्दै भत्र्सना गरेका छन् ।
थारु समुदायमा मात्रै सिकल सेल एनिमिया हुनुको कारण, रोगको विस्तृत लक्षण पत्ता लगाउन विशेज्ञ डाक्टरहरु लगायत विज्ञहरुको प्रतिनिधित्व हुने गरि उच्च स्तरीय अधिकार सम्पन्न आयोग बनाउनुपर्ने, तत्काल सिकलिङ् टेष्टबाट स्किनिङ् गरि हेमोग्लोबिन ईलेक्ट्रोफोरेसिस भन्ने जाच गर्ने यन्त्र रोग प्रभावित क्षेत्रमा पु¥याउनुपर्ने, निशुल्क उपचार गराउनुपर्ने लगायतका माँगहरु सहित सरकारी सम्बन्धित निकायमा ज्ञापन पत्र समेत बुझाइसकेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै विभिन्न थारु समुदाय कल्याणकारी संघसस्थाहरुले यो रोग थारु समुदायमा मात्रै देखा परेको ले यसको रोगथाम, नियन्त्रण, उपचार पद्धती तथा उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकार्षण गराउँदा पनि कुनै ठोस सुनुवाई नभएको भन्दै खेद व्यक्त गरेको हो ।
कार्यक्रममा बोल्दै थरुहट तराई पार्टी नेपालका बरिष्ठ नेता एवम् सभासद गोपाल दहितले थारु समुदायका करिव ३० प्रतिशत थारुहरु सिकलसेल एनिमियाको संक्रमणबाट ग्रस्त भएको भन्दै यसलाई तत्काल रोकथाम गर्न नसके निकट भविष्यमा यसको प्रभाव लाखौं थारुहरुलाई पर्ने बताए ।
उनले भने–हामीले हाम्रा समस्यालाई सरकारसमक्ष राख्दा पनि कुनै सुनुवाई भएन् । सिँगो थारुको समुदायको मानवीय स्वास्थ्य प्रति सरकार मुकदर्शक भएर उदासिन रहेकोमा हामी खेद प्रकट गर्छौं । दहितले यो रोगबारे संसदमा कुरा राख्दा अरु सभासदहरुले खिल्ली उडाएको भन्दै त्यसको घोर निन्दा समेत गरे ।
त्यस्तै थारु कल्याणकारिणी सभा केन्द्रिय समितिका उपाध्यक्ष मान बहादुर चौधरीले पनि लाखौं थारुहरुमा यसको प्रभाव पर्ने भन्दै सरकारसंग ध्यानाकार्षण गर्दा पनि कुनै सुनुवाई नगरेकोमा दुःख व्यक्त गरे । चौधरीले आफ्ना माँगहरु अविलम्ब पुरा गर्न सरकारको ध्यानाकार्षण समेत गरेका छन् ।