थारु कल्याणकारिणी सभाको २१ औं महाविधेशनको सम्पूर्ण तयारी पूरा

166
  •  
  •  
  •  

काठमाडौं, २६ असोज (ओएनएस) : थारु कल्याणकारिणी सभाले यही असोज २९, ३० र ३१ गते २१ औं महाधिवेशन गर्ने भएको छ । महाधिवेशन भने झापा जिल्लाको विर्तामोडमा हुने भएको छ ।
राजधानीमा आइतवार पत्रकार सम्मेलन गर्दै सभाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी दिएको हो । अध्यक्ष एवम् महाधिवेशन मुल आयोजक समितिका संयोजक चन्द्र कुमार चौधरी थारुले महाधिवेशनको उद्घाटन भने सम्माननीय प्रधानमन्त्री सुशिल कोइरालाको प्रमुख आतिथ्यतामा हुने जानकारी दिएका छन् ।
उनका अनुसार महाधिवेशनमा राजनीतिक दलका शीर्ष नेताहरु, माननीय मन्त्रीज्यूहरु, सभासदहरु, देशविदेशका प्रतिनिधिहरु, थारु अग्रजहरु, प्रतिनिधि पर्यवेक्षक लगायत २४ जिल्लाका प्रतिनिधिहरुको समेत सहभागी रहनेछ ।

कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले यो महाधिवेशनले थारु समूदायको हक अधिकारका निम्ती हालसम्म गरिएको प्रगतिको समिक्षा गर्ने समेत जानकारी दिएका छन् । उनले नयाँ संविधानमा थारु समुदायको पहिचान, हक अधिकार सुनिश्चित गराउन पनि ठोस निर्णय महाधिवेशनमा लिने बताएका छन् ।
त्यस्तै उपत्यका समितिका सभापति सत्यनारायण चौधरीले सभाको महाधिवेशनमा अन्दाजी २० लाख खर्च हुने जानकारी दिएका छन् । महाधिवेशनमा लाग्ने उक्त खर्च भने नेपाल सरकार, उद्योग व्यापारी लगायले सहयोग गरेको पनि सभाले सभाले जानकारी दिएको छ ।


  •  
  •  
  •