थारु सभासद समाज गठन

140
  •  
  •  
  •  

काठमाडौं, १ असोज (ओएनएस) : संविधानसभामा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलका थारु सभासदले ‘थारु सभासद समाज’ गठन गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी, राप्रपा, फोरम लोकतान्त्रिक, थरुहट तराई पार्टीका थारु सभासदले सो समाज गठन गरेको थरुहट तराई पार्टीका सभासद गोपाल दहितले जानकारी दिए । थरुहट प्रदेशको स्थापना, पहिचान, आत्मसम्मानलगायतका विषय नयाँ संविधानमा लिपिबद्ध गराउन दबाब दिने उद्देश्यले थारु सभासद समाज गठन भएको थरुहट तराई पार्टीका संसदीय दलका नेता गोपाल दहितले जानकारी दिए ।

पहिलो संविधानसभामा महिला दबाब समुह ककस, आदिवासी जनजाति ककस गठन भएको थियो । तर अहिलेको संविधानसभामा ककम गठनको व्यवस्था नभएको अवस्थामा थारु सभासद समाज गठन भएको हो । थारु सभासद समाजकले ६ सदस्यीय संचालक समितिसमेत गठन गरेको छ ।

संचालक समितिमा नेपाली कांग्रेसकोतर्फबाट तेजुलाल चौधरी, एमालेबाट नागेन्द्र चौधरी, एमाओवादीका सन्तकुमार चौधरी, थरुहट तराई पार्टीका गोपाल दहित, फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी र राप्रपाका रामदुलारी चौधरी सदस्य रहेका छन् ।


  •  
  •  
  •