प्रहरीले ज्यादती गरेकाे भन्दै पेट्रोलियम पदार्थकाे ढुवानी ठप्प

194
  •  
  •  
  •  

काठमाडाैँ, ३ बैशाख (अाेएनएस) : प्रहरीले ज्यादती गरेकाे भन्दै पेट्रोलियम पदार्थकाे ढुवानी ठप्प भएकाे छ। एक ट्याङ्कर चालकलाई प्रहरीले कुटपीट गरेको विरोधमा ट्याङ्कर चालकहरुले वीरगञ्जबाट पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेर हुन् ।

नेपाल तेल ट्याङ्कर चालक संघको आहृवानमा चालकहरुले सोमबार बिहानदेखि पेट्रोलियम पदार्थकाे ढुवानीका लागि नाका नै ठप्प पारेर बसेका छन्।

भारतको रक्सौल र बरौनी नाकाबाट पेट्रोलियम पदार्थकाे ढुवानी ठप्प पारिएकाे ट्याङ्कर चालक संघले जनाएकाे छ।

वीरगञ्ज प्रहरी प्रमुखहरुले विना कारण नै ट्यांकर चालकहरुलाई कुटपिट गर्ने गरेको चालकहरुको आरोप छ। प्रहरी कारवाही र कुटपिटबाट घाइते भएका ट्यांकर चालक सन्तोष प्रसाईको उपचार गरिदिन ट्यांकर चालकहरुले जाेडदार माग गरेका छन् ।

आइतबार अपरान्ह चारबजे रक्सौल डिप्पोबाट वीरगञ्जतर्फ आउने क्रममा गाडी पार्किङ गर्न खोज्दा प्रहरीहरुले अपशब्द प्रयोग गर्दै कुटपिट गरेको ना.३.ख ९६३९ नम्बर गाडीका चालक सन्तोष प्रसाईको बयान छ ।

नेपाल तेल ट्यांकर चालक संघका अध्यक्ष विनोद मानन्धरले कुटपिटबाट घाइते चालकको उपचार तथा कुटपिट गर्ने प्रहरीलाई कारवाही नभएसम्म रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ उठाउन नदिने अडान लिएका छन् ।

उनले भने’प्रहरीकाे ज्यादती प्रत्यक्ष अप्रत्यक्ष रुपमा दिन प्रति दिन बढ्दै गइरहेकाे छ’


  •  
  •  
  •