तीन महिनाभित्र उपचुनाव गर्ने आयुक्तमा सिफारिस थपलियाको प्रतिवद्धता

70
  •  
  •  
  •  

काठमाडौं, ४ वैशाख(ओएनएस) : प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेश थपलियाले तीन महिनाभित्र उपचुनाव गर्ने प्रतिवद्धता जनाएका छन् ।

संसदीय सुनुवाई विशेष समितिमा उपस्थित थपलियाले आफू नियुक्त भएमा उपचुनाव प्राथमिकतामा पर्ने बताएका हुन् ।
समितिमा थपलियाले स्थानीय तहसम्म निर्वाचन आयोगलाई पु¥याउने कार्ययोजना समेत पेश गरेका थिए ।

उनले निर्वाचन कम खर्चिलो बनाउने, सूचना प्रविधिमैत्री बनाउने, विद्युतीय मतदानको व्यवस्था मिलाउने लगायतको प्रतिवद्धता पनि जनाए ।

यसअघि समितिले थपलियाविरुद्ध उजुरी दिनेहरुलाई बिहान ११ बजे छलफलका लागि बोलाएको थियो ।
थपलियाविरुद्ध ६ वटा उजुरी परेको छ । समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ भने बिहीबार गर्ने भएको छ ।

न्यायपरिषदले हालै सर्वोच्च अदालतमा कानून व्यवसायीहरु कुमार रेग्मी, हरि फुयाल, मनोजराज शर्मा र उच्च अदालतका मुख्य न्यायाधीशहरु प्रकाश ढुंगाना र सुष्मलता माथेमालाई न्यायाधीशमा सिफारिस गरेको थियो ।


  •  
  •  
  •