सतप्रतिशत महिला उठाउ भनेँ, दलहरू मान्दैनन्ः प्रमुख निर्वाचन आयुक्त

16
  •  
  •  
  •  

काठमाडौं । प्रमुख निवाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरु मैहिलामैत्री नदेखिएको बताएका छन् । प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उमेदवार बनाउ भन्दै दलहरुलाई निर्देशन जारी गरेका थपलियाले अनौपचारिक रुपमा भने सतप्रतिशत महिला उठाउ भनेको खुलाएका छन् ।
बिहीबार नीति फाउन्डेसनको ‘संविधानवाद र लोकतन्त्रमा संवैधानिक निकायको भूमिका’ विषयक कार्यक्रममा प्रमुख आयुक्त थपलियाले दलहरु भने १० प्रतिशत उमेदवार पनि महिला नबनाउने तयारीमा देखिएको बताए ।

निर्वाचन आयोगले केही दिनअघि संसदीय समितिको निर्देशनअनुरुप भन्दै प्रत्यक्षतर्फ ३३ प्रतिशत सिटमा महिलालाई उमेदवार बनाउन सिफारिस गर्दै विज्ञप्ति जारी गरेका थियो । कार्यक्रमका बत्ताहरुले समानुपातिकमा प्रतिनिधित्व कस्ता व्यक्तिले गर्ने भन्दै उठाएको प्रश्नमा थपलियाले त्यसको निर्णय आयोगले गर्न नसक्ने बताए ।
थपलियाले संसदीय समितिको निर्देशनअनुरुप काम गरे पनि प्रत्यक्षतर्फ महिला उमेदवारको ३३ प्रतिशत प्रतिनिधित्व बनाउनका लागि आयोगले संविधानमा लेखिएका बाहेक थप चासो राख्ने अवस्था नरहेको बताए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here